| Speaker | English | Nepali |
|---|---|---|
| Dr. Morris (A1) | Good Morning, Ms. Baniya. I’m Dr. Morris. What can I do for you today? | शुभ–प्रभात, श्रीमती बानियाँ। म डा. मोरिस हुँ। आज म तपाईंका लागि के गर्न सक्छु? |
| Ms. Baniya (Z1) | I don’t know what to do. I think I am completely useless. I can’t do anything. I can’t even bring myself to die. | मलाइ थाहा छैन म के गरौँ। म सोच्छुं कि म पूर्ण रूपले नालायक छुँ। म केहि गर्न सक्दिन। म आफुलाई मर्न पनि सक्दिन। |
| Dr. Morris (A2) | Why do you think you’re a failure? | तपाईंलाई किन लाग्छ कि तपाईं असफल हुनुहुन्छ? |
| Ms. Baniya (Z2) | Why? Because in the past 20 years I ruined everything. When I was young, my parents separated because of me. After that, no one wanted to be my friend. I couldn’t get admitted to a university. I got a job but was soon fired. The worst thing is that my boyfriend left me. | किन? किनकि विगत २० बर्षमा मैले हरेक कुरा बिगारें। म जवान छँदा मेरा अभिभावकले मेरो कारणले गर्दा सम्बन्ध बिच्छेद गरे। त्यस पछि कोहि पनि मेरो साथी हुन इच्छुक भएनन्। म विश्वबिध्यालयमा भर्ना हुन पनि सकिन। मैले एउटा काम पाएँ, र त्यसपछि म चांडै नै निकालिएँ। सबैभन्दा खराब कुरा चाहिं मेरा प्रेमीले मलाइ छोडी दिए। |
| Dr. Morris (A3) | Ms. Baniya, you appear to be very depressed. Many things have happened in your life and you wrongly blame yourself for them. We all have problems in life but we have to learn to cope with them and move on. | श्रीमती बानियाँ, तपाईं धेरै नै अवसादग्रस्त देखिनुहुन्छ। तपाईंको जीवनमा धेरै घटना भएका छन् र तपाईंले आफूलाई गलत रूपमा दोष दिनुभएको छ। जीवनमा सबैलाई समस्या हुन्छ तर तिनलाई सामना गर्ने र अगाडि बढ्ने सिक्नुपर्छ। |
| Ms. Baniya (Z3) | I feel that there is no point in living in this world. Clearly, I have no future, so why should I struggle? | म अनुभव गर्छुं कि यो संसारमा बाँचेर कुनै फाइदा छैन। स्पष्टत: मेरो कुनै भविष्य छैन, त्यसैले मैले किन संघर्ष गर्नुपर्यो? |
| Dr. Morris (A4) | Is that really what you want? Killing yourself won’t solve anything. You’ll only be running away from facing reality. | के त्यो नै वास्तवमै तपाईं चाहनुभएको हो? आत्महत्या गर्दा केही समाधान हुँदैन। तपाईं वास्तविकताबाट मात्र भाग्दै हुनुहुन्छ। |
| Ms. Baniya (Z4) | I don’t think so. Every time I look in the mirror, I see how cruel the truth is. My life is so bad. I can’t sleep without taking sleeping pills. | मलाइ त्यस्तो लाग्दैन। हरेक पल्ट ऐना हेर्दा म पाउँछु कि सत्य निर्दयी हुन्छ। मेरो जिन्दगि यस्तो खराब छ। निन्द्रा लाग्ने औषधी नलीइकिन म सुत्न सक्दिन। |
| Dr. Morris (A5) | Yes, but together we can re-build your life. The best thing I can offer you is to teach you to improve your self-image and confidence. We all have unique and wonderful qualities. You must learn to accept them and yourself. | हो, तर हामी मिलेर तपाईंको जीवन फेरि निर्माण गर्न सक्छौं। म तपाईंलाई सबैभन्दा राम्रो जे दिन सक्छु भनेको तपाईंको आत्म–छवि र आत्मविश्वास सुधार्ने तरिका सिकाउनु हो। हरेक व्यक्तिमा अद्वितीय र सुन्दर गुण हुन्छन्। तपाईंले ती गुण र आफूलाई स्वीकार गर्न सिक्नुपर्छ। |
| Ms. Baniya (Z5) | Do you really think there is still hope for me? What do you suggest? | तपाईंलाइ साँच्चै लाग्छ कि मेरो लागि अझै आशा बाँकी छ? तपाईं के सुझाउनु हुन्छ? |
| Dr. Morris (A6) | Together we will prove that Ms. Baniya may be down but not out. You can’t let life overwhelm you. You will be on top of this if we work together. I’d like you to continue seeing me and to attend some workshops with a group of people in much the same situation as you. | हामी मिलेर प्रमाणित गर्नेछौँ कि श्रीमती बानियाँ, तपाईं अहिले कमजोर हुनुहुन्छ तर हार मान्नुभएको छैन। जीवनले तपाईंलाई जित्न नदिनुहोस्। यदि हामी मिलेर काम गर्यौं भने तपाईं यसलाई पार गर्न सक्नुहुन्छ। म चाहन्छु कि तपाईं मलाई निरन्तर भेटिरहनुहोस् र तपाईं जस्तै अवस्थाका व्यक्तिहरूको समूहमा हुने कार्यशालामा सहभागी हुनुहोस्। |
| Ms. Baniya (Z6) | Alright doctor, I trust you. After talking to you, I felt a bit better. I will continue to meet you. | ठीक छ डाक्टर साहब, म तपाईंलाइ विश्वास गर्छु। तपाईंसँग कुरा गरेपछि मैले केहि राम्रो महसूस गरें। म तपाईंलाइ निरन्तर भेट्ने छुँ। |
Posted inNAATI (CCL)